अन्तर्वार्ता (भिडिओ) – अक्सोव श्रेष्ठ, सञ्चालक, रानीवन रिट्रीट

अन्तर्वार्ता (भिडिओ) – अक्सोव श्रेष्ठ, सञ्चालक, रानीवन रिट्रीट
कर्पोरेट पत्रिका बिहीबार, फाल्गुन १२, २०७८

काठमाडौंको एउटा शिक्षित परिवारमा जन्मनुभएका अक्सोव श्रेष्ठ सानैदेखि पढाईको अलवा अतिरिक्त कृयाकलापहरुमा पनि अब्बल थिए । उनले रुपिज ईन्टरनेशनल स्कुलबाट ए लेभेलको पढाई सकेर हाल दिल्लीबाट चार्टड म्यानेजमेन्ट अकाउन्टेन्सी गर्दैछन् भने आफ्नो व्यवसायमा पनि सफलता चुम्दैछन् ।

सकारात्मक सोचका धनी श्रेष्ठ हरेक समस्यामा पनि अवसर देख्छन् । ‘’हामी आफै काम नगरेसम्म अरु केहि कुरा काम गर्दैन’’ भन्ने कुरामा बिश्वास गर्नुहुने श्रेष्ठ आफ्ना पिता विजय श्रेष्ठबाट एकदमै प्रेरित भई आफ्नो व्यवसायलाई नयाँ उचाईमा लादैछन् ।

हाल पोखरा स्थित रानीबन रिट्रीटका सन्चालक रहेका अक्सोव श्रेष्ठसँगको भिडियो अन्तर्वार्ता यहाँ प्रस्तुत गर्दैछौ।