पोखरामा जन्मिएर पोखरामै हुर्किएका सुवास सिग्देल एक सफल व्यवसायी तथा समाजसेवी हुनुहुन्छ ।
आफ्नो बुवाको प्रेरणाले गर्दा १८ बर्षकै उमेरबाट आफ्नै व्यवसाय सुरु गर्नु भएका सिग्देल हाल फिस्टेल डेरी तथा बसुधा टुर्स एन्ड ट्राभल्सका सञ्चालक हुनुहुन्छ । आफ्नो परिवार र साथीभाईको साथ-सहयोगको कारणले व्यवसायिक रुपमा यहाँसम्म पुगेको बताउनु हुने सिग्देलले जिन्दगीमा धेरै आरोह-अवरोह पार गर्दै आउनुभएको छ ।
''काम गर्ने क्रममा दुइ कदम अगाडी बढ्दा, एक कदम पछाडी पनि आउन सिकियो भने सफलता अबश्य मिल्नेछ'' भन्ने कुरामा बिश्वास गर्नुहुने सिग्देल रोटरी तथा जेसिसमा आबध्द भएर अहिलेसम्म बिभिन्न बिद्यालयहरुलाई सहयोग गर्नुका साथै युवाहरुको नेतृत्व बिकासको लागि अहिले सम्म १० वटा भन्दा बढी क्याम्प सन्चालन गर्नुभएको छ ।
सुवास सिग्देलसँगको भिडियो अन्तर्वार्ता यहाँ प्रस्तुत गर्दैछौ।