राष्ट्र बैंकले बैंकहरूलाई असारसम्म कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ९० प्रतिशतमा राख्न दिएको निर्देशनको असर उनीहरूको कर्जा लगानीमा देखिएको छ।
गत चैत अन्तिम साता ४१ खर्ब ९७ अर्ब रूपैयाँ कर्जा लगानी गरेका वाणिज्य बैंकहरूको वैशाख १६ गते पनि कर्जा लगानी यही दरमा छ। यद्यपी वैशाख दोस्रो साता कर्जा लगानी घटेर ४१ खर्ब ९४ अर्बसम्म सीमित भएको थियो।
बैंकहरूको निक्षेपमा सुधार नभएकोले पनि कर्जा लगानीमा दबाब परेको हो। चैत अन्त्यमा ४३ खर्ब ८९ अर्ब निक्षेप संकलन गरेका बैंकहरूको १६ वैशाखमा निक्षेप २१ अर्बले घटेर ४३ खर्ब ६८ अर्बमा सीमित भएको छ। बैंकहरूको हाल सिडी अनुपात ९०.९९ प्रतिशत छ।