नाडा अध्यक्ष ध्रुव थापाद्वारा हिमचुली बहुउद्देश्यीय सहकारी उद्घाटन

नाडा अध्यक्ष ध्रुव थापाद्वारा हिमचुली बहुउद्देश्यीय सहकारी उद्घाटन
कर्पोरेट पत्रिका सोमबार, साउन ९, २०७९

काठमाडौँ महानगरपालिका वडा नं. १०, बानेश्वरमा हिमचुली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको भब्य उद्घाटन भएको छ ।

राजधानीमा आज आयोजित एक कार्यक्रमका बिच संस्थाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा अटोमोबाईल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै नाडा अध्यक्ष थापाले अहिलेको प्रतिस्पर्धात्मक बजारमा जस्तोसुकै परिस्थितिमा पनि युवाहरूले सहकारीलाई सफलतामा पुर्याउने बिश्वास व्यक्त गर्नु भयो ।

उद्घाटन समारोहमा स्थानीय बासी , बुद्धिजीवी , ब्यापारी गरि करिब ४०० जना उपस्थित भएका थिए भने कार्यक्रमको अध्यक्षता समुन्द्र गिरीले गर्नुभएको थियो। उद्घाटनमा बोल्दैगिरीले भन्नुभयो बजारमा सहकारीहरुले ग्राहकहरुको बिश्वास जित्न नसकेको र आफुहरुले काम गरेर ग्राहकहरुको मन जित्ने भन्दै सेवाग्राहीहरुलाई आफू ढुक्क भएर हिमचुली बहुउद्देश्यीय सहकारी सस्थामा बिश्वास गर्न आग्रह गर्नुभयो ।

त्यस्तै सहकारीका सन्चालक मनोज लामाले आगामी दिनहरुमा सहकारीले स्थानीय बासी , बुद्धिजीवी तथा ब्यापारीहरुसँग सहकार्य गर्दै अगाडी बढ्ने बताउनु भयो ।