ब्रेक लगाउँदा ब्याट्री चार्ज हुने एमजीको नयाँ विद्युतीय कार नेपाली बजारमा

ब्रेक लगाउँदा ब्याट्री चार्ज हुने एमजीको नयाँ विद्युतीय कार नेपाली बजारमा
कर्पोरेट पत्रिका आइतबार, फाल्गुन १५, २०७८

एमजी (मोरिस ग्यारेज) मोटर्सको नयाँ विद्युतीय गाडी ‘एमजी जेडएस इभी २०२२’ नेपाली बजारमा सार्वजनिक भएको छ ।

नेपालमा एमजीको आधिकारिक वितरक कम्पनी पारामाउन्ट मोर्टस प्रालिले सो गाडी आज सार्वजनिक गरेको हो । स्ट्यान्डर्ड र लङ रेन्ज गरी दुई भेरियन्टमा उपलब्ध यो कारमा दुईवटा ब्याट्री प्याकका विकल्प छन् ।

एउटा भेरियन्ट ३१९ किमीसम्म गुड्ने ५१.५ किलोवाट प्रति घन्टाको ब्याट्री प्याकमा उपलब्ध छ भने ४४० किमीसम्म गुड्ने ७२.६ किलोवाट प्रति घन्टाको ब्याट्री प्याकमा अर्को भेरियन्ट उपलब्ध छ ।

एमजी जेडएस इभी २०२२ मा नयाँ डेकोरेसन र अपडेट सहित १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले सहित रोटरी डायल गियर नब, ड्राइभिङ मोड, ब्रेकिङ रिजेनेरेसन (ब्रेक लगाउँदा ब्याट्री रिचार्ज हुने) लगायतका फिचर उपलब्ध छन् ।

साथै एमजी पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सहितको एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टम पनि उपलब्ध छ । यो गाडी ८.५ सेकेन्डमा १०० किमी प्रति घन्टा गुड्नसक्ने कम्पनीको दाबी छ ।

त्यस्तै यसमा पावर्ड ड्राईभर सिट, अटोमेटिक हेडलाइन र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल-ह्वील डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी लगायतका फिचर पनि उपलब्ध छन् ।