शिक्षाबिद सुबास न्यौपाने सद्भावना दुत- Goodwill Ambassador’ द्वारा सम्मानित

शिक्षाबिद सुबास न्यौपाने सद्भावना दुत- Goodwill Ambassador’ द्वारा सम्मानित
कर्पोरेट पत्रिका बुधबार, फाल्गुन १७, २०७९

काठमाडौँ – आज काठमाडौंमा सक्सेस मिडियाद्वारा आयोजित एक कार्यक्रममा  ‘युवा नेतृत्व कार्यक्रम’ को समुद्घाटन प्रतिनिधि सभाका उप-सभामुख माननिय इन्दिरा रानामगर र युनिभर्सिटी अफ थ्री जेनेरसनका अध्यक्ष डाक्टर राजेन्द्र केसीले संयुक्त रुपमा गर्नुभयो ।

कार्यक्रममा ‘युवा नेतृत्व कार्यक्रम -Young Leaders Program’ विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरुलाई ‘सद्भावना दुत- Goodwill Ambassador’ ले सम्मान गरेको छ ।

गायक तथा समाजसेवी निर्णय श्रेष्ठ, शिक्षाबिद सुबास न्यौपाने, प्रथम नेपाली रेस्लर भगवती खड्का, व्यवसायी तथा ट्रेनर रूपेश श्रेष्ठ, मिडियाकर्मी बिना श्रेष्ठ, सामाजिक अभियन्ता राजानन्द मान्दव्य, उत्प्रेरक तथा व्यवसायी राजन कोईराला, नायक सौगात मल्ल, शिक्षाबिद तथा व्यवसायी लक्ष्मण पोखरेल, युवा व्यवसायी किरण कार्की र सामाजिक अभियन्ता कुमार राज सुबेदी सम्मानित भएका हुन् ।

११ हजार युवाहरुलाई एक बर्ष भित्र यस कार्यक्रममा समेटिने संस्थाका अध्यक्ष सफ्रीन सिलवालले जानकारी गराए ।