आगामी शनिबार ‘पार्कसाइट म्युजिक फेस्टिभल २०२३’ आयोजना हुने

आगामी शनिबार ‘पार्कसाइट म्युजिक फेस्टिभल २०२३’ आयोजना हुने
कर्पोरेट पत्रिका सोमबार, माघ २, २०७९

पार्कसाइट पिक्निक स्पट नगरकोटले यही माघ ७ गते पार्क साइट म्युजिक फेस्टिभल २०२३ को आयोजना गर्दैछ । उक्त म्युजिक फेस्टिभलमा प्रख्यात गायक-गायिकाहरुको प्रस्तुती रहनेछ । कार्यक्रममा ग्लुमी गाइजका गायक हरी कर्माचार्य,  हिपहप किङ गायक निर्णय श्रेष्ठ, गायिका बुनु राई मानन्धर, गायक भरत सामरी, गायक प्रशान्त मिस्ट, मिस्टर बौचा लगायतले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गर्नेछन ।

सुन्दर र रमणिय स्थानमा रहेको पार्क साइट पिक्निक स्पट नगरकोटमा बच्चाहरुको लागि छुट्टै 'किड जोन' रहेको छ भने फोटोशूटको लागि अलग्गै स्थान रहेको छ । कार्यक्रममा निशुल्क बियर पिउने प्रतियोगिता पनि समाबेश गरिएको छ भने निशुल्क प्रबेशको ब्यबस्था रहेको आयोजकले जनाएको छ ।