एक्सिटो इभेन्ट्स, अष्ट्रेलिया र अनुजा मिडियाद्वारा आयोजित ‘एक्सिटो एक्सेलेन्स अवार्ड २०२२’ सम्पन्न

एक्सिटो इभेन्ट्स, अष्ट्रेलिया र अनुजा मिडियाद्वारा आयोजित ‘एक्सिटो एक्सेलेन्स अवार्ड २०२२’ सम्पन्न
कर्पोरेट पत्रिका बिहीबार, कात्तिक २४, २०७९

एक्सिटो इभेन्ट्स, अष्ट्रेलिया र अनुजा मिडियाले देशका विभिन्न क्षेत्रमा योगदान दिएका १० जना व्यक्तित्वहरुलाई  'एक्सिटो एक्सेलेन्स अवार्ड २०२२'  द्वारा सम्मानित गरेको छ ।

प्याब्सनका केन्द्रिय अध्यक्ष डिके ढुङगानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अनुजा मिडियाकी अध्यक्ष अनुजा आचार्य र प्याब्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले समाजका बिभिन्न क्षेत्रका १० जना लब्ध-प्रतिष्ठित व्यक्तित्वहरुलाई संयुक्त रुपमा 'एक्सिटो एक्सेलेन्स अवार्ड २०२२' द्वारा सम्मानित गरेका हुन् ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिएको एक कार्यक्रममा चर्चित गायिका इन्दिरा जोशी, फोटोग्राफर राजभाई सुवाल, शिक्षाबिद प्रोफेसर डाक्टर श्रीराम भगत माथे, लेखक तथा पर्यटन व्यवसायी राजन सिम्खडा, भक्तपुर क्यान्सर हस्पिटलका डा. रोशन प्रजापती, पुर्व मिस नेपाल ईभाना मानन्धर, व्यवसायी बिप्लवमान सिंह, सोन्दर्य व्यवसायी तथा समाजसेवी रुश्का श्रेष्ठ, समाजसेवी हरी कुमार सिलवाल तथा व्यवसायी कृष्णलाल महर्जन सम्मानित भएका हुन् ।

- फोटो फिचर सहित