सिम्फोनी सिवाकोटीले मिस टीन ग्रीन २०२२ र आस्था कलौनीले मिस टीन प्रिन्सेस् २०२२ को ताज हात पारिन्

सिम्फोनी  सिवाकोटीले मिस टीन ग्रीन २०२२ र आस्था कलौनीले मिस टीन प्रिन्सेस् २०२२ को ताज हात पारिन्
कर्पोरेट पत्रिका मंगलबार, भदौ २८, २०७९

अनुजा मिडियाद्वारा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा सिम्फोनी सिवाकोटीले मिस टीन ग्रीन २०२२ र आस्था कलौनीले मिस टीन प्रिन्सेस् २०२२ को ताज हात हात पारेका छन । साथै मिस टिन स्टारको ताज रास्ता महर्जन र मिस ब्युटी विथ पर्पोस स्यारोन बज्राचार्य ले जित्न सफल भइन् । कार्यक्रममा मिस पब्लिक चोइसको ताज प्रमिला छेत्रीले जितिन भने मिस राइजिङ स्टारको ताज मलिका श्रेष्ठले जित्न सफल भइन् ।

अनुजा मिडियाद्वारा आयोजित कार्यक्रममा प्रमुख निर्णायकको रुपमा शिक्षाबिद तथा समाजसेवी रमेश कुमार सिलवाल तथा अन्य निर्णायकहरुमा समाजसेवी कमल केशरी तुलाधर, व्यवसायी जिज्ञासा अर्याल, ब्युटिसियन रुश्का श्रेष्ठ , होटल व्यवसायी विष्णु बहादुर कार्की र मोडेल निशा राईको सहभागिता रहेको थियो ।

ब्रीज ईन्टरनेशनल एडुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि शिक्षाबिद डा. राजेन्द्र केसीले यस्ता कार्यक्रमहरुले किशोरीहरुको प्रतिभा प्रस्फुटनमा सहयोग गर्ने बिश्वास ब्यक्त गर्नु भयो । विगत ३ वर्ष देखि किशोरीहरुको प्रतिभा प्रस्फुटन तथा व्यक्तित्व विकासको लागि काम गरिरहेको अनुजा मिडियाका संस्थापक अनुजा अचार्यले बताइन् ।

प्रतियोगिताको कोरियोग्राफी जयन सुब्बा मानन्धरले गरेकी थिइन र उक्त कार्यक्रमको संचालन रोजिन शाक्यले गर्नुभएको थियो ।