मलेसियन कार ‘प्रोटोन एक्स ५०’ अब नेपालका सडकमा

मलेसियन कार ‘प्रोटोन एक्स ५०’ अब नेपालका सडकमा
कर्पोरेट पत्रिका आइतबार, फाल्गुन २२, २०७८

मलेसियन कार निर्माता प्रोटोनको कम्प्याक्ट एसयुभी 'प्रोटोन एक्स५०' काठमाडौंको सडकमा गुड्न थालेको होा। यो प्रोटोनबाट नेपालमा नयाँ प्रिमियम कम्प्याक्ट एसयुभी खण्ड निमार्ण गर्न सहज हुने कम्पनीको विश्वास छ।

कम्पनीका अनुसार यो गाडी विभिन्न चार संकरणहरुमा उपलब्ध हुनेछ।

यो गाडी चालकहरुका लागि निकै सहज हुने विश्वास कम्पनीको छ । यसमा ८ इन्च को इन्फोटेनमेन्ट स्क्रिन, आपतकालीन ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, स्मार्ट एयर प्युरिफायर सिस्टमसहितको क्लाइमेट कन्ट्रोल, विद्युतीय रूपमा फोल्ड गर्न मिल्ने सिटहरू छन्।

प्रोटोन एक्स५० मा उपयोगी अटोपार्क सुविधा समेत रहेको कम्पनीले बताएको छ। जसले गर्दा पार्किङमा सहज हुने विश्वास छ।

नेपालमा प्रोटोन गाडिको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स् हो।  जगदम्बा मोटर्स्ले प्रोटोनका विभिन्न कारहरु बिक्री गर्दै आइरहेको छ। प्रोटोन एक्स५० ले नेपालका सडकमा उपस्थिति बाक्लो बनाउने विश्वास कम्पनीको छ।