नारी दिवसका अवसरमा बुद्ध एयरमा यात्रा गर्ने यात्रुलाई पुस्तक उपहार

नारी दिवसका अवसरमा बुद्ध एयरमा यात्रा गर्ने यात्रुलाई पुस्तक उपहार
कर्पोरेट पत्रिका मंगलबार, फाल्गुन २४, २०७८

बुद्ध एयरले अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर हवाई यात्रुलाई पुस्तक उपहार दिने भएको छ। कम्पनीले काठमाडौं विमानस्थलबाट यात्रा गर्ने पहिलो २५ सय यात्रुलाई पुस्तक उपहार दिइने भएको हो।

कम्पनीले सांग्रिला बुक्ससँगको सहकार्यमा १० लाख रुपैयाँ बराबरको नेपाली महिला लेखेकले लेखेका पुस्तक यात्रुलाई उपहार स्वरुप दिन लागेको हो।

उपहार स्वरुप दिइने झोलामा कथा, कविता, उपन्यास लगायतका किताब हुनेछन्। महिला लेखेकलाई प्रोत्साहन दिन नारी दिवसको दिन यस्तो अभियान सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ।