अन्तर्वार्ता (भिडिओ)- डाक्टर माधव प्रसाद बराल,अध्यक्ष, निस्ट फाउन्डेसन

अन्तर्वार्ता (भिडिओ)- डाक्टर माधव प्रसाद बराल,अध्यक्ष, निस्ट फाउन्डेसन
शिब खड्का बुधबार, फाल्गुन २५, २०७८

बिक्रम सम्बत २००७ सालमा सिन्धुलीमा माता भुवन कुमारी बराल र पिता जय प्रसाद बरालको माहिलो छोराको रुपमा जन्मनुभएका डाक्टर माधव प्रसाद बराल हाल निस्ट फाउन्डेसनका अध्यक्ष हुनुहुन्छ । कर्म र भगवान दुवैमा बिश्वास गर्नुहुने डाक्टर बरालको विचारमा सफलताको लागि चाहना चाहिन्छ तर चाहनाले मात्र पनि पुग्दैन । अवसर चाहिन्छ र सही ठाउँमा, सही निर्णय गरेर काम गर्‍यो भने सफलता अबश्य मिल्छ ।

निस्ट फाउन्डेसन अन्तर्गत हाल काठमाडौं भित्र र काठमाडौं बाहिर गरेर प्री-पाइमेरी देखि पोस्ट ग्राजुएटसम्मको अध्ययन–अध्यापन गराइने ९ वटा स्कुल, कलेजहरु सन्चालित छन ।

डाक्टर बराल सरस्वती मा. बि. जनकपुरबाट एस एल सी सकेर २०२६ सालमा काठमाडौं आई  त्रि- चन्द्र क्याम्पसमा आई एस्सीमा भर्ना हुनुभयो र क्रमश बि एस्सी, एम एस्सी गर्दै फिलिपिन्सबाट पि एच डि सकेर रोनस्टमा बैज्ञानिकको रुपमा काम गर्नु भयो । रोनस्टमा काम गर्दैगर्दा पनि बिभिन्न स्कुल, कलेज र त्रिभुवन विश्वबिद्यालयमा पढाउन थाल्नु भयो र त्यही सिलसिलामा नेपाल बाहिर बिभिन्न देशहरुको भ्रमण गर्दा आफ्नै देशमा फर्केर आफ्नै केहि गर्ने सोच राखेर अन्य १२ जना साथीहरु सहित बिक्रम सम्बत २०५० सालमा नेशनल स्कुल अफ साईन्स  एन्ड टेक्नोलोजी ( निस्ट) को सुरुवात गर्नु भयो ।

हिजै मात्र निस्टले आफ्नो स्थापनाको २९औ दिवस मनाएको छ । प्रस्तुत छ, डाक्टर माधव प्रसाद बरालसँगको भिडिओ अन्तर्वार्ता