अल्फा अटोमोटिभ रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त

अल्फा अटोमोटिभ रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त
कर्पोरेट पत्रिका बुधबार, चैत ९, २०७८

मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समूह अन्तर्गत “अल्फा अटोमोटिभ प्रालि” नियुक्त भएको छ । त्रिवेणी समूहले उत्पादन, कृषि, ट्रेडिङ, बैंकिङ, इन्स्योरेन्स, उर्जा, रिटेल, मनोरञ्जन, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ ।

अल्फा अटोमोटिभले भने रोयल इनफिल्डको दुईपांग्रे सवारी साधनबाट नेपाल भरी आफ्नो बजार विस्तार एवम् सफल व्यवस्थापन गर्ने लक्ष्य लिएको छ ।  रोयल इनफिल्ड मोटरसाइकल नेपाली युवा पुस्तामाझ लोकप्रिय रहँदै आएको छ ।

अल्फा अटोमोटिभले नेपाली बजारमा रोयल इनफिल्डका क्लासिक ३५०, इलेक्ट्रा, सिग्नल्स, मेटीयुर, हिमालयन, कन्टिनेन्टल जिटी र इन्टरसेप्टर लगायतका मोडलहरु बिक्रि वितरण गर्ने विज्ञप्तिमा जनाइएको छ ।