भारतीय भुक्तानी कार्ड ‘रुपे’ अब नेपालमा पनि चल्ने

भारतीय भुक्तानी कार्ड ‘रुपे’ अब नेपालमा पनि चल्ने
कर्पोरेट पत्रिका शनिबार, चैत १९, २०७८

भारतको अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी कार्ड ‘रुपे’ अब नेपालमा पनि प्रयोग गर्न सकिने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणको क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्त रुपमा ‘रुपे’ डिजिटल कार्डको सुरुवात नेपालमा पनि गरेका छन् ।

योसँगै ‘भिसा’ र ‘मास्टर कार्ड’ जस्तै नेपाली बैंकहरुले रूपे कार्डलाई प्रचलनमा ल्याउने बाटो खुलेको छ ।

यसको प्रयोगले नेपाल आउने भारतीय पर्यटकको लागि सहज हुने लगायत यसले दुई देशबीचको व्यापारिक कारोबारमा पनि सहयोग पुग्ने विश्वास लिइएको छ ।

नेपालमा रहेको एसबीआई बैंकको सबै सेल मसिनहरूमा कारोबारको लागि रूपे प्रयोग गर्न सकिनेछ । हाल देशभर एसबीआई बैंकका १४०० वटा मसिन उपलब्ध छन् ।

‘रुपे’ भारतले जारी गरेको पहिलो ग्लोबल कार्ड हो ।