‘ओप्पो एफ१९ प्रो’ को मूल्य ४ हजारले घट्यो

‘ओप्पो एफ१९ प्रो’ को मूल्य ४ हजारले घट्यो
कर्पोरेट पत्रिका बुधबार, वैशाख २१, २०७९

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले ‘एफ’ सिरिज अन्तर्गतको ‘एफ१९ प्रो’ को मूल्य घटाएको छ । कम्पनीको पहिलो प्रिमियम स्मार्टफोनको रुपमा सार्वजनिक भएको यो फोन अब नेपाली बजारमा ३५ हजार ९९० रुपैयाँमा उपलब्ध हुनेछ ।

यसअघि ३९ हजार ९९० रुपैयाँ रहेको रहेको यो फोनको मूल्य चार हजारले घटाउँदै नयाँ मूल्य कायम गरिएको कम्पनीले जनाएको छ ।

३० वाटको भीओओसी फ्ल्याश चार्ज ४.० प्रविधियुक्त यो फोन कलरओएस ११.१ मा आधारित रहेको छ ।

४८ मेगापिक्सेलको मुख्य क्यामेरासहित क्वाड क्यामेरा सेटअप रहेको फोनमा ८ एमपी अल्ट्रा वाइड एंगल क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा र २ एमपी मोनो क्यामेरा छ ।

सेल्फीका लागि फोनमा ३२ एमपी फ्रन्ट फेसिङ क्यामेरा रहेको छ ।